संसद्

संसद्लाई जनउत्तरदायी बनाउनुपर्छ : सभामुख घिमिरे

इकागज |
माघ १९, २०७९ बिहीबार १४:३३ बजे

फाइल तस्बिर

काठमाडौं- सभामुख देवराज घिमिरेले संसद्लाई जनउत्तरदायी बनाउनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा प्रतिनिधिसभाका सदस्यहरूका लागि संसदीय प्रक्रिया र अभ्यास विषयक अभिमुखीकरण कार्यक्रममा सभामुख घिमिरेले संसद् र सांसदहरूको भूमिका प्रभावकारी, जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताएका हुन् । नागरिकले संसद्का गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट प्रभावकारी काम खोजिरहेको भन्दै उनले छोटो समयमा नै संसदीय गतिविधिले नेपालमा शिक्षा दिने किसिमको भूमिका खेल्नुपर्ने उल्लेख गरे ।


उनले सबै मिलेर संसद्का सबै अधिवेशनहरूलाई व्यवस्थित गर्नुपर्ने र सांसदहरूले पनि यसमा झन बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

संघीय संसद् सचिवालयले आयोजना गरेको अभिमूखीकरण कार्यक्रम शुक्रबारसम्म चल्ने छ ।


Author

थप समाचार
x