संसद्

संसद्‌ बैठकमा रास्वपाका सबै सांसद गयल

इकागज |
माघ २२, २०७९ आइतबार १४:२ बजे

काठमाडौँ- प्रतिनिधिसभाको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा अहिले सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । 

बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् । 


जारी बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश पेस गर्ने कार्यसूचीमा छ । 

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कुनै पनि सांसद बैठकमा सहभागी छैनन् । रास्वपाका १९ जना सांसद छन् ।

सरकारमा बस्‍ने कि नबस्‍ने भन्‍नेबारे निर्णय लिन रास्वपाको बैठक चलिरहेको छ । संसद्‌को बैठककै समयमा रास्वपाले पार्टीको बैठक बोलाएको थियो ।


Author

थप समाचार
x