संसद्

राष्ट्रिय सभाले उपाध्यक्ष पाउँदै

इकागज |
माघ २३, २०७९ सोमबार १०:२० बजे

काठमाडौँ - राष्ट्रियसभाले आज उपाध्यक्ष पाउँदैछ । आज बस्ने राष्ट्रियसभा बैठकमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उपाध्यक्ष चयन हुनेछिन् । उपाध्यक्षमा उर्मिला अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चयन हुनेछिन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको थियो ।


तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली थियो ।


Author

थप समाचार
x