संसद्

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण

इकागज |
माघ २४, २०७९ मंगलबार ११:५० बजे

काठमाडौँ - राष्ट्रिय सभा नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । मंगलबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष अर्यालले पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेको समेत उपस्थिति थियो । 


सोमबार सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी थिइन्। 


Author

थप समाचार
x