संसद्

'नागरिकता विधेयक दुई–दुई पटक पठाउँदा पनि रोक्नु पीडादायक'

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको आरोप : राष्ट्रपति भण्डारी सधैँ एमालेको मात्रै भइराख्नुभयो

इकागज |
फागुन १८, २०७९ बिहीबार १३:३८ बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को मात्रै बनेको आरोप लगाएकी छन् ।  बिहीबार सिंहदरबास्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको कुराकानीमा अर्यालले भण्डारी एमालेको मात्रै राष्ट्रपति बनेको आरोप लगाएकी हुन् । राष्ट्रपति भण्डारीले एमालेले जुककुनै विधेयक लगे पनि पास गर्ने तर अन्य पार्टीहरूले लगेको विधेयक पास नगर्ने गरेको उनको आरोप छ । 

उनले नागरिकता विधेयक राष्ट्रपतिले संसद्‍बाट दुई पटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको दाबी गरिन् । दुई पटक लैजाँदासमेत विधेयक पास नगर्नु पीडादायी रहेको उनले बताइन् ।


राष्ट्रपति भण्डारीले अरुको इसारामा नागकरिता विधेयक रोकेको दाबी उनले दाबी गरिन् । ‘राष्ट्रपतिले नागरिकता विधेयक दुई-दुई पटक पठाउँदा पनि फर्काउनुभयो,' उनले भनिन्, 'त्यो पीडादायी छ । कसको इसारामा फर्काउनुभयो । राष्ट्रपति भइसकेपछि राष्ट्रको अभिभावको हैसियतले पार्टीको स्तरभन्दा माथि उठेर छलफल गर्नुपर्छ । एकचोटी फर्काउनु ठिक छ । तर, दोस्रो पटक पनि फर्काउनुभयो । संवैधानिक पदमा रहेको मान्छेले त्यस्तो गर्न मिल्छ ? उहाँ सधैँ एमालेको मात्रै राष्ट्रपति भइराख्नुभयो । एमालेले लगेको विधेयक ओके गर्ने कानून बनेर जाँदा रिजेक्ट गर्न मिल्छ र ? राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसावले हेर्नुपर्छ । उहाँले कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसावले रिजेक्ट गर्न मिल्दैन ।'


Author

थप समाचार
x