संसद्

प्रेस सम्बद्ध कानुनका लागि दलसँग संवाद बढाउनुस् : सभामुख घिमिरे

इकागज |
फागुन १९, २०७९ शुक्रबार १४:५६ बजे

काठमाडौँ- सभामुख देवराज घिमिरेले सञ्चारसम्बद्ध ऐन कानुन बनाउन र कार्यान्वयन गर्न राजनीतिक दलसँग संवाद बढाउन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको मिडियामा महिलाका सवाल विषयक विचारगोष्ठीमा बोल्दै सभामुख घिमिरेले विधेयक पास गर्ने थलो संसद भएकाले राजनीतिक दल र सांसदहरूसँग प्रभावकारी रूपमा छलफल गरेर आवश्यक ऐन कानुन बनाउन र विधेयक पास गर्न सुझाव दिएका हुन् ।


सभामुख घिमिरेले सूचना प्रविधिको विकाससंगै यसले समाजमा पारिरहेका नकारात्मक असरहरूलाई नियन्त्रण गर्नका लागि आवश्यक ऐन कानुन बन्न नसकेको र भएका केही कानुनहरूको पनि गलत ढंगले प्रयोग भइरहेको बताए । उनले चर्चामा रहेका विषयहरू र नेताहरूलाई नै प्रचारमा ल्याउने काम मात्रै आमसञ्चारले गरिरहेको भन्दै विषयवस्तुलाई पार्ने प्रभावलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलको ऐन र सञ्चारमाध्यमको ऐनलाई तत्काल संशोधन आवश्यक रहेको बताए । उनले सञ्चार माध्यमको पुरानो परिभाषाले सञ्चार माध्यमको नयाँ आयामलाई समेट्न नसकेको जिकिर गरे ।

त्यस्तै अन्य सहभागीहरूले आमसञ्चार माध्यममा महिला सञ्चारकर्मीहरूको अवस्थामा बारेमा चर्चा गरेका थिए ।


Author

थप समाचार
x