संसद्

प्रतिनिधि सभाका ४ सांसदलाई कोभिड-१९ संक्रमण

इकागज |
बैशाख २३, २०७८ बिहिवार १२:५२ बजे

काठमाडौँ : प्रतिनिधि सभाका ४ सांसदलाई कोभिड-१९ संक्रमण देखिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बुधबार सांसदहरूको स्वाव संकलन गरिएको थियो । 

बुधबारको संकलन गरिएको स्वावको रिपोर्ट बिहीबार आएको छ । उक्त परीक्षणमा सभामुख अग्नि सापकोटासहित उनको सचिवालयमा कार्यरत सबैको रिपोर्ट नेगेटिभ आएको सभामुखका प्रेस विज्ञ श्रीधर न्याैपालेले जानकारी दिए । 


त्यस्तै ४ जना सांसदसहित संसद् सचिवालयका २ कर्मचारीमासमेत कोभिड-१९ पोजेटिभ देखिएको छ । २७ गते बस्ने प्रतिनिधि सभा बैठकको तयारी स्वरुप बिहीबार पनि कोभिड परीक्षणको लागि स्वाव संकलन भइरहेको छ । 


Author

थप समाचार
x