सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकप्रति मानवअधिकार राष्ट्रिय सञ्जालको विरोध

फाइल फोटो
काठमाडौं - मानव अधिकार राष्ट्रिय सञ्जालले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयकप्रति विरोध जनाएको छ ।
गत १५ फागुनमा सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभामा पेस गरेको थियो । उक्त विधेयक दोषी उन्मुक्ति दिने गरी ल्याइएको भन्दै सञ्जालले बुधबार विज्ञप्ति जारी गरेर विरोध जनाएको हो ।
अन्तर्राष्ट्रिय मानव अधिकार र मानव अधिकार कानुनले पनि माफी मिनाहा दिन नमिल्ने अपराधका दोषीलाई उन्मुक्ति दिने गरी विधेयक ल्याएको उसको आरोप छ ।
हत्या, यातना, व्यक्ति बेपत्ता पार्ने कार्य, बलात्कारजस्ता मानव अधिकार कानुन र मानवीय कानुनले समेत जघन्य ठहर गरेको अपराधलाई सामान्य मानव अधिकार उल्लंघनको घटनाको रूपमा व्याख्या गर्न सक्ने अवस्था सिर्जना गरी दोषीलाई वैधानिक उन्मुक्ति दिन खोजेको सञ्जालको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया