संसद्

प्रतिनिधि सभा बैठक बस्दै

सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक संसद्‍मा पेश गर्ने

इकागज |
चैत ५, २०७९ आइतवार ६:५३ बजे

फाइल तस्बिर

काठमाडौं - आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेछन् ।


आज बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९पेश गर्ने सरकारको तयारी छ ।

शनिबार बसेको सत्ता साझेदार १० वटा दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ संसद्‍मा पेस गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नेछन् ।

सम्भावित कार्यसूची


Author

थप समाचार
x