संसद्

प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्न : अर्को विश्वासको मत कहिले लिनुहुन्छ ?

इकागज |
चैत ६, २०७९ सोमवार १४:४६ बजे

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्रीको अर्को विश्वासको मत लिने कार्यसूची कहिले छ भन्दै प्रश्न गरेका छन् । उनले सोमबार प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावको विपक्षमा बोल्दै यस्तो व्यंग्य गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री ज्यूले पुष २६ गते विश्वासको मत प्राप्त गर्नु भएको थियो,’ उनले भने, ‘अहिले दुई महिना १० दिन पुग्दा नपुग्दा फेरि अर्को पटक विश्वासको मत लिन सदन समक्ष प्रस्तुत हुनुभएको छ । सभामुख महोदय यो सदनको बिजनेस नै सकिने भयाे । हरेक दुई/दुई महिनामा वा अर्को एक/एक महिनामा विश्वासको मतमा जानुपर्ने हो कि ? म सोध्न चाहान्छु प्रधानमन्त्री ज्यूको विश्वासको मत लिने कार्यसूची कहिलेको छ ? कुन मितिमा विश्वासको मत लिनुहुन्छ यहाँले ?’


उनले पुष १० को सहमति कायम गर्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना समेत गरे । अहिले राष्ट्रिय सहमतिको एमालेको विरोध गर्ने मात्रै भएको उनले आरोप लगाएका छन् ।


Author

थप समाचार
x