संसद्

नेपालमा संघीयता नौलो कुरा होइन : अध्यक्ष राउत

इकागज |
चैत ६, २०७९ सोमबार १६:१५ बजे

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा संघीयता नौलो कुरा नरहेको उल्लेख गरे । उनले नेपालमा बाइसे, चौबिसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुनः स्थापित गर्न प्रधानमन्त्री दाहालले महत्वपूर्ण भूमिका खेलेको बताए ।


राउतले सरकारसँग आफ्ना केही असन्तुष्टि रहे पनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास रहेको बताए ।

अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका मागहरू आगामी दिनमा समेट्दै लैजानुपर्ने बताए ।


Author

थप समाचार
x