संसद्

प्रचण्डले ओलीलाई भने : मैले तपाईंलाई प्रधानमन्त्री बनाएको ब्याज तिर्न अझै बाँकी छ

इकागज |
चैत ६, २०७९ सोमवार १७:३२ बजे

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दुईपटक प्रधानमन्त्री बनाएको बताउँदै ओलीले त्यसको ब्याज तिर्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् ।

विश्वासको मत लिने क्रममा सोमबार संसद्‍मा उठेका प्रश्नको जवाफ दिँदै उनले ओलीलाई आफूले गरेको सहयोगको हिसाब किताब राख्न आग्रह गरे । 'मैले तपाईंलाई दुईपटक प्रधानमन्त्री बनाएको थिएँ । ब्याज थियो । एउटा त बनाउनुभयो । एउटा अझै बाँकी छ । हिसाब राख्नुहोला,' उनले भने । 


उनले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर खोज्दै नगएको प्रस्टीकरण बताउँदै एमालेले नै आफूलाई बल गरेको स्मरण गरे । उनले परिस्थिति त्यस्तै बनेपछि आफू पुस १० मा बालकोट गएको प्रस्ट्याए । 

प्रधानमन्त्री प्रचण्डले आफ्नो लागि शान्ति, संविधान र परिवर्तन मुख्य कुरा रहेको बताए । उनले कांग्रेससँग गठबन्धन हुँदै गर्दा आफूलाई ओलीले पाँच वर्षसम्म प्रधानमन्त्रीको प्रस्ताव गरेको र अन्तिम समयसम्म पनि के-के चाहियो भनेर भनेको बताए ।


Author

थप समाचार
x