सभामुखको अधिकार कटौती गर्ने कुरा गलत : सांसद देवकोटा

काठमाडौँ- राष्ट्रिय सभा सांसद खिमलाल देवकोटाले सभामुखको अधिकारलाई कटौती गर्ने कुरा गलत भएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अनावश्यक रूपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने बहस चलिरहेको उल्लेख गरे । उनले प्रतिनिधि सभामा छलफलमा रहेको यो प्रावधान राष्ट्रिय सभामा पनि आउनसक्ने भन्दै चिन्ता व्यक्त गरे ।
उनले भने, ‘प्रतिनिधि सभामा प्रतिनिधि सभा नियमावलीको छलफल भइरहेको छ । त्यहाँ अनावश्यक रूपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने, वहस भइरहेको छ । त्यो गलत हो । त्यस्तो परम्परा यहाँ पनि प्रवेश होला जस्तो मलाई लाग्छ । त्यो नगरियोस् ।’
राष्ट्रिय सभामा पनि अध्यक्षको अधिकार कटौतीको विषयले प्रवेश पाउनसक्ने भन्दै त्यस्तो नगर्न आग्रह गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया