संसद्

'संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने कुरा कल्पना पनि गर्न सकिँदैन'

इकागज |
चैत १२, २०७९ आइतबार १८:४९ बजे

काठमाडौँ- ​फौजदारी न्यायको सिद्धान्त अन्तरगत रहेर संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने कुरा कल्पना पनि गर्न नसकिने सत्तारूढ नेकपा (माओवादी केन्द्र) उपमहासचिव शक्तिबहादुर बस्नेतले बताएका छन् ।

उपमहासचिव बस्नेतले विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान र नेपालको संविधानले संक्रमणकालीन न्यायको सिद्धान्त अन्तरगत मात्रै सो समस्याको समाधान गर्न सकिने विशिष्ट व्यवस्था गरेको र सरकारले सोही व्यवस्था अनुसार त्यो समस्याको समाधान हुने गरी कानुन निर्माण गर्न चाहेको पनि स्पष्ट पारे ।


आइतबार प्रतिनिधिसभा बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” माथिको छलफलमा भाग लिँदै उनले पीडितलाई न्याय दिने, परिपुरणको व्यवस्था गर्ने र फेरि मुलुकमा द्वन्द्व आउन नदिने गरी संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सरकार अघि बढिरहेको पनि बताए ।

उपमहासचिव बस्नेतले संक्रमणकालीन न्यायको सिद्धान्त अन्तरगत नै संक्रमणकालीन न्याय दिनु नेपालको संविधान र विस्तृत शान्ति सम्झौता बमोजिम हुने दाबी समेत गरे ।


Author

थप समाचार
x