संसद्

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

इकागज |
बैशाख २५, २०८० सोमबार १४:२२ बजे

काठमाडौँ- प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।

सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरूले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो । बैठकमा आ.व. २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो ।


छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएसँगै बैठक सञ्चालमा प्रतिपक्ष दलका सांसदहरूले अवरोध गरेका हुन् । बैठक स्थगनबारे जानकारी दिँदै सभामुख देवराज घिमिरेले भने, ‘केही प्राविधिक समस्याकाे कारणले अर्थमन्त्रीज्यूको उपस्थिति केही कारणले ढिला भइरहेको हुँदाखेरि १५ मिनेटको लागि यो बैठक स्थगन हुन्छ । त्यस पछाडि फेरि सुचारु हुनेछ ।’

बैठक १५ मिनेट पछि सुचारु हुने सभामुख घिमिरेको भनाइ छ ।


Author

थप समाचार
x