संसद्

सभामुख घिमिरेले सुनाए रायमाझी पक्राउ परेको सूचना

इकागज |
जेठ १, २०८० सोमबार १६:२६ बजे

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी सदनलाई दिएका छन् । उनले सोमबारको बैठकमा रायमाझी पक्राउ परेको सूचना सुनाएका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँले तीन हिरासतमा राख्न‍ अनुमति पनि दिएको छ ।


प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते बस्नेछ । 


Author

थप समाचार
x