संसद्

सभामुखले संसद्लाई दिए रायमाझी पक्राउ परेकाे जानकारी, भए निलम्बित

इकागज |
जेठ १, २०८० सोमबार १६:३८ बजे

काठमाडौँ- सभामुख देवराज घिमिरेले नेपाल प्रहरीले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको जानकारी गराएका छन् ।​ आइतबार बुढानिलकण्ठस्थित आफन्तको निवासबाट पक्राउ परी सोह्रखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद् सचिवालयलाई औपचारिक जानकारी दिएको हो । साे जानकारीपछि सभामुख घिमिरले उनी पक्राउ परेका संसद्लाई जानकारी गराएका हुन् । 

 नेपाल प्रहरीले सांसद रायमाझी पक्राउ परेको सूचना संसदीय सचिवालयलाई आएको प्रवक्ता एकराम गिरीले जानकारी दिएका थिए । ‘सांसद  रायमाझी पक्राउ परेको औपचारिक जानकारी संसद् सचिवालयमा आएको छ । अब सभामुखले नियमअनुसार त्यसको जानकारी संसदको बैठकमा गराउनु हुनेछ,’ उनले भनेका थिए ।


सभामुखले साे जानकारी दिएसँगै सांसद रायमाझी निलम्बनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएपछि पनि उनी ११ दिनदेखि फरार रहेका थिए । उनलाई हिजो मात्रै पक्राउ गरिएको हो । 


Author

थप समाचार
x