संसद्

प्रतिनिधिसभा बैठक बस्दै, आज प्रधानमन्त्रीले जवाफ दिने

इकागज |
जेठ ४, २०८० बिहिवार ६:१६ बजे

फाइल फोटो

काठमाडौं - आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटों बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।​


संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरूले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ ।

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x