संसद्

नीति तथा कार्यक्रमाथि आज पनि छलफल जारी रहने

इकागज |
जेठ ८, २०८० सोमबार ७:४४ बजे

काठमाडौँ- सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने भएको छ ।

गत शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो । 


हिजोदेखि सुरू भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।

आज पनि सोही नीति तथा कार्यक्रममाथि छलफल हुने संघीय संसद्‌ सचिवालयले जनाएको छ । बैठक बिहान ११:०० बजेबाट सुरु हुनेछ ।


Author

थप समाचार
x