संसद्

सांसद बद्री पाण्डेको माग– सरकारले किसान एप सुरु गरोस्

इकागज |
जेठ ८, २०८० सोमवार १३:७ बजे

काठमाडौँ–कांग्रेस सांसद बद्री पाण्डेले सरकारलाई किसान एप सुरू गर्न अनुरोध गरेका छन् । उनले संसद्को सोमबारको बैठकमा बोल्दै यस्तो माग राखेको हुन् ।

सांसद पाण्डेले दाङ जिल्लाको घोराइ उपमहानगरपालिकाका किसान बाबुराम चौधरीको समाचार सुनाउँदै किसानले आफ्ना माग राख्न किसान एप चाहिएको बताए ।
‘बाबुराम चौधरीले एक विघामा लगाएको बन्दा गोभी ५ रुपयाँ प्रतिकेजी बेच्नुपर्ने भएपछि लागतसमेत नउठ्ने भएपछि बारीमै सुकेको छ,’ उनले भने, ‘यो प्रतिनिधि घटना हो । किसानले नियति भोगिरहेका छन् । सरकारले किसानहरूको मार्का सुन्नका लागि तत्काल एउटा किसान एप खडा गरोस् ।’


एप मार्फत किसानका किसानका कुरा सुनेर उत्पादन खेर नजाने नीति सरकारले लिनुपर्ने उनको भनाइ छ ।

 ‘एप मार्फत मर्का परेको किसानले सरकारलाई माग गर्न सकोस्,’ उनले भने, ‘ सरकारले उक्त किसानको खेर जान लागेको नबिकेको वस्तु खरिद खरिदियोस् । सित भण्डारमा सुरक्षित राखेर बेमौसामा बेचेर नाफा कमाउने वा उत्पादनलाई खेर नजाने नीति लिनुपर्छ ।’


Author

थप समाचार
x