संसद्

स्वास्थ्य क्षेत्रमा लगानी बढाउन जरूरी छ : जीवन परियार

इकागज |
जेठ ८, २०८० सोमबार १३:६ बजे

काठमाडौँ– कांग्रेस सांसद जीवन परियारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् ।

सोमबार संसद्मा सरकारले नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 


‘काठमाडौँका सरकारी अस्पतालमा जाँदा थाहा हुन्छ, त्यस्ता धेरै विरामीका परिवारले उपचार गर्न नसकेर बीचमै आफैँ हस्ताक्षर गरेर घर लानुपरेको छ,’ उनले भने, ‘उनीहरूको अकालमा मृत्यु हुनुपर्ने अवस्था  छ । त्यसकारण स्वास्थ्य क्षेत्रमा लगानी र नीति अगाडि बढाउनुपर्ने अवस्था छ ।’ 


Author

थप समाचार
x