संसद्

सांसद अनिता देवीको कटाक्ष : उखान टुक्का आउँदैन भने संसद्‍मा काम छैन

इकागज |
जेठ ८, २०८० सोमबार १४:० बजे

काठमाडौँ– सांसद अनिता देवीले संसद्‍मा उखान टुक्का आवश्यक रहेकाले आफूले अब सिक्न थाल्ने भन्दै कटाक्ष गरेकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उखान टुक्का नआउँदा रचनात्मक नभइने बताइन् । 

‘उखान टुक्का र लोकदोहोरी गर्यो भने अलि रचनात्मक भइँदो रहेछ । विषयवस्तुमा गएर त्यति प्रभावकारी हुँदैन रहेछ । मैले भोगेको त्यही हो,’ उनले भनिन्, ‘त्यसैले अबदेखि म पनि अलिअलि उखान टुक्का पढेर आउनुपर्ला । पढिएन भने काम चल्दैन रहेछ ।’



Author

थप समाचार
x