संसद्

मुलुक कमजोर हुँदै जानुमा कांग्रेस, एमाले र माओवादी केन्द्र जिम्मेवार : सांसद यादव

इकागज |
जेठ ८, २०८० सोमबार १४:३९ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई कन्फ्युजनहरूको संगालोको संज्ञा दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले समस्याहरूको पहिचान गरी समाधानका उपायहरूसहितको नीति तथा कार्यक्रम आउनुपर्नेमा टालटुले पाराले आएको बताए । उनले विश्व अर्थव्यवस्थामा आएको बदलावलाई आत्मसात गरेर सरकार अघि नबढ्ने हो भने त्यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने उल्लेख गरे ।


सांसद यादवले ठूला दलहरू अब पनि नसच्चिए समाप्त भएर जाने चेतावनी समेत दिए ।

उनले भने, ‘यो नीति तथा कार्यक्रम हेर्दा मलाई लाग्छ–यो अन्तरविरोधहरूको, कन्फ्युजनहरूको संगालो हो । हामी स्पष्ट हुनुपर्छ अब । आजको यथार्थ यो हो । समस्या यो हो । यसको उपचार यसरी हुन सक्छ । पोलिसीमा डिपार्चर नगर्ने, भइरहेको कामलाई टालटुल पार्ने अनि नयाँ नेपाल बनाउबँछु भनेर गफ दिएर हुन्छ ।’

सांसद यादवले मुलुक कमजोर हुँदै जानुमा कांग्रेस, एमाले र माओवादी केन्द्र जिम्मेवार रहेको आरोप लगाए । 


Author

थप समाचार
x