संसद्

संसदमा रघुजी पन्तको प्रश्न– डा. रुइतका कारण देशको इज्जत बढेको छ, पाठ्यक्रमबाट किन हटाइयो ?

इकागज |
जेठ ९, २०८० मंगलबार १२:५७ बजे

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रतिनिधिसभा सदस्य रघजी पन्तले कक्षा १० को पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोप्रति आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले डा. रुइतको जीवनी किन हटाइयो भन्दै शिक्षामन्त्रीसँग प्रश्न गरे । 

उनले हटाइनुको कारण माग्दै भने, ‘कक्षा १० को नेपाली विषयमा डा. सन्दुक रुइतको जीवन पढाइ हुन्थ्यो । त्यो पाठ्यक्रमबाट हटाइयो । उहाँका कारण देशको इज्जत बढेको छ। त्यो किन हटाइयो ? म यसको जवाफ शिक्षा मन्त्रीसँग जवाफ माग्छु ।’



Author

थप समाचार
x