संसद्

नीति तथा कार्यक्रममाथि संसद्‍मा हुने छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना

इकागज |
जेठ ९, २०८० मंगलबार १४:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ऐन, कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । मंगलबार काठमाडौँमा स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्धी नीतिगत वहसलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नीति बन्ने तर कार्यान्वयन नहुने कारणले आवश्यक ऐन बनाउने सवालमा पनि समस्या उत्पन्न भएको बताएका हुन् ।

उनले सरकारको नीति तथा कार्यक्रम माथि संघीय संसदमा हुने छलफल पनि कर्मकाण्डी बनेको टिप्पणी गरे । उनले बजेट लेखिसकेपछि प्रि बजेटका नाममा हुने छलफलको कुनै औचित्य नरहेको र त्यसले मुलुकको समस्या समाधान पनि गर्न नसक्ने दाबी गरे ।


अध्यक्ष तिमिल्सिनाले वातावरण संरक्षण गर्दै दिगो विकास लक्ष्य हासिलका लागि विद्युतीय सवारीमा विशेष छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x