संसद्

राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडि बढाउनुपर्छ : सांसद पाण्डे

इकागज |
जेठ ९, २०८० मंगलबार १४:२८ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।​ मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडि बढाउनुपर्ने धारणा राखेका हुन् ।

उनले जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बूढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिए ।


त्यसैगरी काठमाडौँ हुँदै धार्के, मुग्लिन पारी भएर गैँडाकोटसम्म जाने सडक निर्माण गर्नुपर्ने र सोका लागि बजेट विनियोजन गर्नुपर्ने उनले बताए ।

पाण्डेले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई तीन महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताए । उनले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नु नपर्ने र प्रतिपक्षको सुझावहरूलाई समेटेर जाँदा राम्रो हुने धारणा राखे ।


Author

थप समाचार
x