संसद्

कृषि क्षेत्रको उत्पादन बढाउन पकेट क्षेत्र निर्धारण गर्नुपर्छ : सन्तोष चालिसे

इकागज |
जेठ ९, २०८० मंगलबार १६:४५ बजे

काठमाडौँ–कांग्रेस सांसद सन्तोष चालिसेले कृषि क्षेत्रको उत्पादन बढाउन पकेट क्षेत्र निर्धारण गरेर कार्यान्वयन गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै यस्तो बताएका हुन् ।

‘पकेट एरियाबारे आजसम्म मुलुकले ध्यान दिएको छैन । विश्वमा जहाँ पनि उत्पादनको पकेट क्षेत्र तोकिन्छ,’ उनले भने, ‘हाम्रोमा गहुँ उत्पादन हुने ठाउँ कुन हो ? गहुँ उत्पादन हुने ठाउँ कहाँ हो ? फलफूलको लागि उर्वरा भूमि कहाँ हो ? गाई पालन कुन ठाउँमा हुन्छ ? भेडा पालन कुन ठाउँमा हुन्छ ? यो हिमालय क्षेत्रमा भएको गाईको अवस्था के छ ?’


उनले कृषि क्षेत्र नेपालको मेरुदण्ड नै भएकाले सकारले ल्याएको नीतिमा सबैले साथ दिनुपर्ने बताए । ‘हाम्रो मुलुकको मेरुदण्ड कृषि नै हो,’ उनले भने, ‘कृषि क्षेत्रलाई यसपालि व्यापक रुपमा प्राथमिकतामा राखिएको छ । त्यसको कार्यान्वयन गर्न हामीले पनि सहयोग गर्नुपर्छ ।’ 

कृषिमा आत्म निर्भर भएमा देश आर्थिक रुपमा माथि पुग्नेसमेत उनले बताए । ‘हामी ४ अर्बको चामल मात्रै किन्छौँ,’ उनले भने, ‘व्यापक रुपमा हाम्रो पैसा विदेशिएको छ । त्यसमा मात्रै आत्म निर्भर भयौँ भने आर्थिक रुपमा हामी कति माथि पुग्न सक्छौँ ?’


Author

थप समाचार
x