संसद्

बुधबार संघीय संसद्को संयुक्त बैठक बस्ने

इकागज |
जेठ ९, २०८० मंगलबार १८:५१ बजे

काठमाडौँ- संघीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न भाेलि (बुधबार) अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन् । सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।



Author

थप समाचार
x