संसद्

संसदमा शिशिर खनालले भने– नो इफ नो बट, सबैमाथि तुरुन्त छानबिन होस्

इकागज |
जेठ १०, २०८० बुधबार १३:२३ बजे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भनी आरोप लागेका पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि पनि छानबिन गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले आरोपित सबैमाथि छानबिन हुनुपर्ने बताए । 

 ‘आईजीपी, पूर्वसचिव, पूर्वमेयर, पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवको समेत नाम जोडिएको छ । नो इफ नो बट सबैमाथि तुरुन्त छानबिन होस् ।’


उनले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले देखाउँछु भनेको ब्लकबस्टर फिल्म काँटछाँट हुँदै गरेको शंका व्यक्त गरे । ‘नक्कली शरणार्थी प्रकरणमा ब्लगबस्टर फिल्म नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीज्यूले देखाउनुभएको ट्रेलरले उत्साहित बनायो’ खनालले भने, ‘तर यो फिल्मको दृष्य यति काँटछाँट गरिँदैछ कि फिल्म त बकवास हुन थाल्यो ।’


Author

थप समाचार
x