संसद्

पशुपतीमा लगाएको जलहरीमा भ्रष्टाचार भएको आरोप निराधार भएको भन्दै एमालेले गर्‍याे संसद्‍मा अवरोध

इकागज |
जेठ १२, २०८० शुक्रबार १२:४० बजे

काठमाडौँ– नेकपा एमालेले आफ्नो सरकार हुँदा पशुपतिमा लगाएको सुनको जलहरीलाई पित्तलको भनेर सत्ता पक्षले आरोप लगाएको भन्दै संसद् अवरोध गरेको छ । शुक्रबारको बैठकमा विनाआधार आरोप लगाइएको भन्दै एमालेले संसद् अवरोध गरेको हो ।

‘विनाआधार विनाप्रमाण प्रमुख प्रतिपक्ष दललाई इंगित गर्दै भ्रष्टाचार गरेको आरोप लगाइन्छ,’ एमाले सचेतक पदम गिरीले भने, ‘सत्ता पक्षकै सांसद लेखनाथ दाहालले हिजो नेकपा एमालेको सरकार हुँदा केपी शर्मा ओलीले पशुपतिनाथको जलहरीमा सुन लगाउने काममा पित्तल लगाउने काम भएको छ र भ्रष्टाचार भएको छ भन्ने भन्ने गम्भीर आरोप यही सदनमा लगाउनु भएको छ ।’


आरोप कुन तथ्यमा  लगाएको भन्दै एमालेले सरकारलाई पुष्टि गर्न वा संसदको रेकर्डबाट त्यो भनाइ हटाउन माग राखेको छ । ‘यो आरोप कसरी आएको छ,’ उनले भने, ‘कुन तथ्यमा भएर आएको  छ । सत्ता पक्षले यसरी मनपरी ढंगले अनाधार आरोप लगाउने कुरा कदापि हामीलाई स्वीकार्य हुँदैन ।’


Author

थप समाचार
x