संसद्

कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग उपयुक्त तरिकाले छलफल हुन्छ : प्रधानमन्त्री दाहाल

इकागज |
जेठ १३, २०८० शनिबार २०:५६ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन् ।

नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भीरतापूर्वक छलफल गर्न ध्यान दिने प्रधानमन्त्री दाहालको प्रतिबद्धता थियो । शनिबार सांसदहरूले सोधेका स्पष्टीकरणबारे जवाफ दिने क्रममा उनले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वास समेत व्यक्त गरे । उनले आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने बताए ।


प्रधानमन्त्री दाहालले भने, ‘सार्क बैठकको बारेमा छलफल चलिराखेको छ । यो विषयमा मेरो गम्भीर रूपले ध्यान छ । यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन् । पञ्चेश्वर परियोजना अघि बढाउने बारे एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ । र, निकै सकारात्मक ढंगले छलफल चलिराखेको छ ।’

प्रधानमन्त्री दाहालले २ वर्ष भित्र भूमि‍सम्बन्धी समस्या समाधान गर्ने आश्वासन पनि दिए ।


Author

थप समाचार
x