संसद्

संघीय संसद्‌को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची

इकागज |
जेठ १४, २०८० आइतवार ७:२६ बजे

काठमाडौँ- आज संघीय संसद्‌को संयुक्त बैठक बस्दैछ ।

संघीय संसद्‌ अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो । संघीय संसद्‌ भवन बानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।


आजको बैठकमा ‘संघीय संसद्‌को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथीको संशोधनसहितको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ । उक्त प्रस्ताव संघीय संसद्‌को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुबबहादुर प्रधानले प्रस्तुत गर्नेछन् ।

र, सो मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरेपछि सभापति प्रधानले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x