संसद्

खिमलालको व्यंग्य: संसद खसीको टाउको देखाएर के जातीको मासु बेच्न थलो

इकागज |
जेठ १४, २०८० आइतबार १२:५४ बजे

काठमाडौँ- सांसद खिमलाल देवकोटाले संसदलाई खसीको टाउको देखाएर के जातीको मासु बेच्न थलो रहेको संज्ञा दिएका छन् । आइतबार प्रतिनिधिसभामा भइरहेको संयुक्त बैठकमा संसदीय समिति नियमावली मस्यौदामा छलफलमा भाग लिदै उनले खसी टाउको देखाएर के जातीको मासु बेच्न थालो रहेको बताएका हुन् ।

'मलाई घरिघरि के लाग्छ भने मैले सुनेको पनि थिएँ । पढेको पनि थिएँ,’ उनले भने,’ यो संसद भनेको खसीको टाउको देखाएर के जातीको मासु बेच्न थालो हो भन्ने मैले पढेको र सुनेको थिए ।‘


एक-डेढ वर्षको अनुभवमा उनले भोगेको धारणा उल्लेख गरे । सत्ता पक्ष र विपक्ष लेनदेनको कुरा भइसकेपछि मात्र यस्ता कुराहरू आउने उनको भनाइ छ ।  

 


Author

थप समाचार
x