संसद्

राष्ट्रिय सभा बैठक सोमबार १ बजेसम्मका लागि स्थगित

इकागज |
जेठ २१, २०८० आइतबार १४:५० बजे

काठमाडौँ- २९ मिनेटका लागि रोकिएको राष्ट्रिय सभाको आइतबारको बैठक भाेलि (सोमबार) १ बजेसम्मका लागि स्थगित भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा राष्ट्रघाती काम गरेको भन्दै आइतबार राष्ट्रिय सभाको बैठकमा एमालेले सरकारको जवाफ मागेर बैठक अवरोध गरेको थियो ।



Author

थप समाचार
x