संसद्

परराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ : रास्वपा सांसद शाह

इकागज |
जेठ २२, २०८० सोमवार १४:२६ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले परराष्ट्रमन्त्री एनपी साउनको राजीनामा मागका छन् । मन्त्री साउदले भारतीय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा भारतले नेपाली भूमि समेटेर हालै जारी गरेको ‘अखण्ड भारत’ नामक नक्साबारे आफूलाई थाहा नभएको अभिव्यक्ति दिएको भन्दै राजीनामा मागेका हुन् । 

‘परराष्ट्रमन्त्रीले आजतकमा एउटा अन्तर्वार्ता दिनुभयो । पत्रकारले कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा तपाईंको देशमा विवाद भएको, प्रतिपक्षी दलले यो कुरा उठाउँदैछ भनेर बारम्बार प्रश्न गर्दा मेरो सरकारलाई जानकारी छैन भनेर उहाँले बारम्बार भन्नुभयो,’ उनले साेमबारकाे प्रतिनिधिसभा बैठकमा भने, ‘हाम्रो देशको अखण्डता, सार्वभौमिकतामा आँच पुर्‍याउँदा पनि जानकारी छैन भनेर उत्तर दिइन्छ भने यस्तो परराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ ।’


राष्ट्रपति पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण र कालापानीको भूभाग सट्टापट्टा गर्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमाले, राप्रपा, रास्वपालगायत प्रतिपक्षी दलले आइतबारको सदन अवरुद्ध गरेका थिए । सोमबार प्रधानमन्त्रीले जवाफ दिएपछि संसद् बैठक चलेको हो ।


Author

थप समाचार
x