संसद्

भारत भ्रमणमा अपमानित महसुस गरिनँ : प्रधानमन्त्री

इकागज |
जेठ २२, २०८० सोमबार १५:३३ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले हालै गरेको भारत भ्रमणमा अपमानित महसुस नगरेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा आफूले अपमानित भएको महसुस नगरेको बताएका हुन् ।


अधिकांश प्रधानमन्त्रीलाई स्वागतका लागि राज्यमन्त्री, सचिव आउने गरेको जानकारी दिँदै उनले आफूलाई पनि सोहीअनुसार नै राज्यमन्त्रीले स्वागत गरेको जिकिर गरे । बरु इन्दाेर र उज्जैनमा भने भव्य रूपमा स्वागत गरिएको जानकारी दिँदै उनले आफू र आफ्नो टोलीले भारत भ्रमणभर अपमानित महसुस नगरेको बताए । 


Author

थप समाचार
x