संसद्

संसद अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो : रमेश लेखक

इकागज |
जेठ २२, २०८० सोमबार १९:२३ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो भएको बताएका छन् । 

सोमबार संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसद राजनीतिक थलो भएको र संसदमा विभिन्न विचारधाराका पार्टी र नेताहरु एक ठाउँमा छलफल गर्ने थलो भएको बताए । उनले संसद अवरुद्ध हुने विषय अनौठो र हुँदै नहुने विषय नभएको बताए । 


उनले भने, ‘संसद भनेको राजनीतिक थलो हो, फरक फरक राजनीतिक विचार भएका राजनीतिक दलहरु र मानिसहरुको एकै ठाउँमा बसेर छलफल गर्ने थलो भएकाले विभिन्न विषयमा फरक फरक धारणा हुन्छन्, फरक फरक धारणाका बीचमा उत्पन्न हुने गर्छन्, यस्तो वातावरण कहिले बन्छ । संसद अवरुद्ध हुने विषय एकदमै अनौठो, हुँदै नहुने भन्ने होइन, यसलाई कम गर्दै लजानुपर्छ । तर संसद अवरुद्ध हुनेकुरा भनेको संसदीय अभ्यासकै एउटा पाटो हो ।’ 

उनले संसद अवरोधलाई भने कम गर्दै लैजानुपर्ने बताए । 


Author

थप समाचार
x