संसद्

बजेट बनाउने बेला विचौलियालाई छेउमा पनि आउन दिएनौं : अर्थमन्त्री महत

इकागज |
जेठ २३, २०८० मंगलबार १४:५८ बजे

फाइल फोटो

काठमाडौं - अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले बजेट निर्माणमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि जवाफ दिँदै अर्थमन्त्री महतले आफूले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश नगराइएको र कसैलाई लाभ हुने गरी करका दर पनि हेरफेर नगरेको बताए । 


आफ्नो इमानदारितामा एक इन्च पनि नहल्लिएको भन्दै बैठकमा उनले भने, ‘इमानदारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरू पछि लागेका छन् । भएको यही हो ।'

बजेट बनाउने बेला विचौलियालाई छेउमा पनि आउन नदिएको भन्दै उनले पूर्वनासु श्रेष्ठलाई सरकारले नै नियुक्त गरेको र इन्ट्री गर्ने कार्यमा खटाइएको जानकारी दिए । 
 


Author

थप समाचार
x