संसद्

कसम खानेहरू खतरनाक हुन्छन् : ओली

इकागज |
जेठ २३, २०८० मंगलबार १५:१५ बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री प्रकाशशरण महतलाई कसम नखाने मान्छे भन्दै कटाक्ष गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले कसम नखाने मान्छे आफूलाई मनपर्ने भन्दै अर्थमन्त्री महतको कटाक्षरूपी प्रशंसा गरे । 

‘अर्थमन्त्रीजीलाई कसम खाने बानी रहेन छ । राम्रो बानी रहेछ । कसम खानेहरू बडो खतरनाक हुन्छन् । उहाँले कसम खानुभएन, सफाइ दिनुभयो,’ उनले भने, ‘उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ । त्यसमा शंकाको सुविधा दिऊँ । उहाँले भनेकै कुरा साँचो होस् ।’


अर्थमन्त्री महतले करका दर हेरफेरमा आफूले कसैलाई संलग्न नगराएको बताएका छन् । 

आर्थिक वर्ष २०८०–८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्व नासु श्रेष्ठ संलग्न भएको भन्दै सांसदहरूले विरोध गरेका हुन् । यसै कारणले बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको थियो । 


Author

थप समाचार
x