संसद्

ओलीलाई निधिको कटाक्ष : तपाईंको भाषणले प्रतिपक्षी दलकै सांसदहरू निदाउनुभयो

इकागज |
जेठ २३, २०८० मंगलबार १७:८ बजे

काठमाडौँ– कांग्रेस सांसद विमलेन्द्र निधिले एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको भाषणले प्रतिपक्षी दलकै नेताहरू निदाउन थालेको भन्दै कटाक्ष गरेका छन् । मंगलबार सरकारले प्रस्ताव गरेको बटेजको छलफलमा बोल्दै निधिले ओलीकाे करिब २ घण्टा लामो भाषणप्रति कटाक्ष गरेका हुन् ।

‘धेरै बेर पर्खेँ म पनि,’ओलीकाे भाषणमा टिप्पणी गर्दै उनले भने, ‘स्वयं प्रतिपक्षी दल बेन्चतिर हेरेँ । जब-जब समय बित्दै गयो । उहाँहरू निदाउन थाल्नुभएको थियो । ताली लगाउन पनि बिर्सिनुभएको थियो ।’


सांसद निधिले ओलीको दुई घण्टा लामो भाषणबाट आफूले केही बुझ्न नसकेको समेत बताए । ‘म त सत्ता पक्षकै भएँ, केही पनि बुझ्न​ सकिनँ,’ उनले भने, ‘प्रतिपक्षी दलको नेताले बोल्नुभएको थियो । मैले बोलिसकेपछि केही जवाफ दिनुहोला । तर, मैले जवाफ दिन केही पनि पाएको छैन । त्यसकारण केही पनि जवाफ दिन्नँ उहाँको विषयमा ।’ 


Author

थप समाचार
x