संसद्

बजेटले आजको आर्थिक संकटलाई अनुभूति गर्न सकेन : योगेश भट्टराई

इकागज |
जेठ २३, २०८० मंगलबार १७:२३ बजे

काठमाडौँ– नेकपा एमाले सांसद योगेश भट्टराईले बजेटले वर्तमान आर्थिक संकटलाई अनुभूत गर्न नसकेको टिप्पणी गरेका छन् । मंगलबार सरकारले ल्याएको बजेटमाथि छलफल गर्दै उनले यस्तो बताएका हुन् । 

‘यो बजेटले कुनै गन्तव्यलाई निश्चित गरेको छैन,’ उनले भने, ‘आजका चरम आर्थिक संकटलाई यसले अनुभूति गरिराखेको छैन । आजको आर्थिक संकटको डिलमा हामी पुगिराखेका छौं । त्यसबाट अब नफर्किने हो भने सम्भवतः नराम्रोसंग दुर्घटनामा पर्दैछौं ।’ 


उनले अहिलेको आर्थिक अवस्थाबारेमा एउटा गोलमेच सम्मेलन गर्नका लागि समेत आग्रह गरे । 


Author

थप समाचार
x