संसद्

अर्थमन्त्रीलाई भट्टराईको प्रस्ताव : उपसचिवभन्दा माथि राष्ट्रपतिसम्मको तलब २५ प्रतिशतले कटौती गर्ने घोषणा गर्नुहोस्

इकागज |
जेठ २३, २०८० मंगलबार १७:३१ बजे

काठमाडौँ– नेकपा एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री प्रकाशशरण महतलाई उपसचिवभन्दा माथि राष्ट्रपतिसम्मको तलब २५ प्रतिशतले कटौती गर्ने घोषणा गर्न प्रस्ताव गरेका छन् ।​ मंगलबार सरकारले ल्याएको बजेटमाथि छलफल गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेश सभा सांसद, कमसेकम सहसचिव वा उपसचिवभन्दा माथिका कर्मचारीहरू राजनीतिक नियुक्तमा भएका मानिसहरू ती सबैको आउँदो वर्ष २५ प्रतिशतले तलबभत्ता कटौती गर्ने तपाईँ घोषणा गर्नुहोस्,’ उनले भने, ‘प्रतिपक्षको हिसाबले हामी तपाईँलाई समर्थन गर्छौँ । गर्नुहुन्छ भने हिम्मत गर्नुहोस् ।’


उनले त्यसबाट आएको पैसालाई कुनै राष्ट्रिय गौरवको आयोजनामा खर्च गर्नसमेत सुझाव दिए । 
 


Author

थप समाचार
x