संसद्

जमिनमुनिबाट निकालेको पानीको मात्राअनुसार शुल्क तोकौँ : अर्याल

इकागज |
जेठ २५, २०८० बिहिवार ११:३३ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भूमिगत पानी जसले जति निकाल्छ सोही अनुसार शुल्क निर्धारण गरिनुपर्ने माग राखेका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो माग राखेका हुन् ।

अहिले उपत्यकाबाट हरेक दिन जमिनमुनिबाट  १३ करोड लिटर भन्दा बढी  पानी तानिरहिएको भन्दै  उनले यसको जवाफ समेत मागेका छन् । 
‘सन् १९९० मा जापानी संस्था जाइकाले ४ वर्ष लगाएर काठमाडौँ उपत्यकामा भूमिगत पानीको अध्ययन गरेको थियो,’ उनले भने, ‘अध्ययनबाट १० मिटर पानी घटेको पाइएपछि जाइकाले हरेक दिन १.५ करोड भन्दा बढी भूमिगत पानी नतान्न सिफरिस गरेको थियो । अहिले झण्डै ९ गुणा अर्थात हरेक दिन १३ कारोड लिटर भन्दा बढी पानी तान्ने गरिएको  छ ।’


उनले सरकारलाई प्रश्न गर्दै अगाडि भने, ‘यसबाट सरोकारवाला निकायले जवाफ दिनुपर्छ कि पर्दैन ? कि जतिपनि तान्न मिल्ने हो ? अझ अचम्म त के छ भने जसले जति पानी ताने पनि शुल्क भने वार्षिक २० हजार रूपयाँ मात्रै तोकिएको छ । यो कसरी वैज्ञानीक भयो ? त्यसैले भूमिगत पानीको पूर्नभरण गर्न र जसले जति पानी निकाल्छ सोही अनुशार शुल्क तोक्न सरकारको ध्यानाकर्षण गराउँछु ।’
 


Author

थप समाचार
x