संसद्

सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ : सभामुख घिमिरे

इकागज |
असार १५, २०८० शुक्रबार १८:३० बजे

काठमाडौँ- सभामुख देवराज घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित 'संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरूको भूमिका' विषयक छलफल कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले सांसदहरूलाई सरकारलाई संसदप्रति जवाफदेही बनाउने काममा भूमिका खेल्न आग्रह पनि गरे । उनले ५० प्रतिशतभन्दा बढी जनसंख्या रहेको महिलाहरू राजनीतिमा पछि नै रहेको उल्लेख गर्दै महिलाहरूलाई राजनीतिक जिम्मेवारीमा अगाडि ल्याउनुपर्ने बताए । उनले सरकारले ऐन, कानुनहरूको प्रभावकारी कार्यान्वयन गरे नगरेको पनि अनुगमन गर्नुपर्ने भन्दै यसतर्फ ध्यानाकर्षण गराए ।


सभामुख घिमिरेले सांसदहरूको नीति निर्माण र बजेट बाँडफाँटमा आफूहरूको प्रतिनिधित्व हुन नसकेको गुनासो रहेको बताए । सांसदहरूले जनताको भावनाहरूलाई संसदमा मुखरित गर्नुपर्ने बताए ।


Author

थप समाचार
x