संसद्

सरकारले ‘ऋण लिएर घिऊ खाएजस्तो’ गरेर बजेट विनियोजन गर्‍यो : खिमलाल देवकोटा

इकागज |
असार १९, २०८० मंगलबार १७:६ बजे

काठमाडौँ- राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गरेका छन् ।​

मंगलबार राष्ट्रिय सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।


सांसद देवकाटाले आर्थिक सर्वेक्षण अनुसार मुलुकमा २१ खर्ब ऋण तिर्न बाँकी रहनु मुलुक ऋणको जालोमा फस्न लागेको संकेत भएको तर्क समेत गरे ।

कुल जिडिबीको ४२ प्रतिशत मुलुकमा ऋणको भार देखिएको उल्लेख गर्दै त्यो राम्रो संकेत नभएको उनको भनाइ थियो । सांसद देवकाटाले सरकारले ‘ऋण लिएर घिऊ खाएजस्तो’ गरेर बजेट विनियोजन गरेको समेत बताए ।

सांसद देवकोटाले सरकारले ल्याएको बजेट संघीयता विरोधी रहेको पनि पटकपटक दोहोर्याए ।


Author

थप समाचार
x