संसद्

एमालेको अडानपछि संसद् बैठक नबसी स्थगित

इकागज |
साउन १६, २०८० मंगलबार १५:५ बजे

काठमाडौँ– सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने नेकपा एमालेको अडानपछि प्रतिनिधिसभाको मंगलबारको संसद् बैठक पनि स्थगित भएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन २२ गते बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित भएको छ । 


सोमबार पनि एमालेले विरोध गर्ने भएपछि बैठक नबसी स्थगित भएको थियो ।

एमालेले सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउँदासम्म संसद् चल्न नदिने बताएपछि अवरोध हटाउन सभामुखले मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । समितिको बैठकमा पनि एमालेले अडान नछाडेपछि सहमति जुट्न सकेन ।


Author

थप समाचार
x