एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौँ–सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि राष्ट्रिय सभाको बिहीबारको बैठक स्थगित भएको छ ।
बैठक सुरु भए लगत्तै एमाले सांसदहरूले उठेर विरोध जनाका थिए । राष्ट्रिय सभाको अर्को बैठक साउन २२ गते बस्ने गरि स्थागित भएको हो ।
एमालेले राष्ट्रिय सभा संसदीय दलले सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन नभएसम्म राष्ट्रिय सभा पनि चल्न नदिने निर्णय गरेको थियो । एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक पनि आगामी साउन २२ गते बस्ने गरि सूचना टाँच गरेर बैठक स्थगित भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया