प्रतिनिधिसभा बैठक मंगलबार बस्ने गरी स्थगित
काठमाडौँ– सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि सोमबारको बैठक पनि स्थगित भएको छ ।
मंगलबार ३ बजे बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित भएको हो । सुरुमा १ बजे बस्ने भनेकाे बैठक ३ बजेका लागि सारिएकाे थियाे ।
एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन नभएसम्म प्रतिनिधिसभा चल्न नदिने निर्णय गरेको थियो । जसका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभा लगातार स्थगित भइरहेको छ ।
प्रतिनिधिसभा सञ्चालनका लागि शीर्ष नेतृत्वको बैठक चलिरहेको छ । तर, अहिलेसम्म एमालेले आफ्नो अडान नछाडेका कारण सहमति हुन सकेको छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया