संसद्

संसदमा विश्वप्रकाशको प्रश्न : सत्तापक्ष सांसदले बोल्ने थलो रत्नपार्क हो ?

इकागज |
साउन २३, २०८० मंगलबार १६:५३ बजे

काठमाडौँ- सत्तारूढ कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले लामो समयदेखि संसद् बैठक अवरुद्धप्रति असन्तुष्टि जनाएका छन् । मंगलबारकाे  प्रतिनिधिसभा बैठकमा उनले संसद् अवरुद्ध गर्दा जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन नसकिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘संसद् प्रतिपक्षी दलको हो, उनीहरूको आवाज सरकारले गम्भीर रूपले लिनुपर्छ । उनीहरूले उठाएका प्रश्नको सरकारले जवाफ दिनुपर्छ,’ उनले भने, ‘तर, सत्तापक्ष सांसदको बोल्ने थलो रत्नपार्क हो ?’ 


संसद् अवरुद्ध गर्ने कार्य बन्द गर्नुपर्ने भन्दै उनले भ्रष्टाचार र अनियमितताका सबै काण्डको छानबिन गर्नुपर्ने बताए ।

लोकतन्त्र, गणतन्त्रपछि गठन गरिएका सरकारका निकायमाथि विश्वास गर्न नसकिने अवस्थाको पनि छानबिन गर्नुपर्ने भन्दै उनले सरकारले थालेका भ्रष्टाचार र अनियमितताका विषयमा छानबिन गरेकाले सबैले सहयोग गर्नुपर्ने बताए ।


Author

थप समाचार
x