संसद्

सुन तस्करी प्रकरण

छानबिन समिति बनाउने/नबनाउने विषयमा भोटिङ गर्न योगेश भट्टराईको प्रस्ताव

इकागज |
साउन २३, २०८० मंगलबार १७:३ बजे

काठमाडौँ- नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव राखेका छन् ।​

मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले सुन तस्करी प्रकरणमा छानबिन गर्न छानबिन समिति बनाउनुपर्ने एमालेको माग कायमै रहेको बताएका छन् । उनले छानबिन समिति बनाउने र नबनाउने पक्षमा कुराहरू आइरहेको भन्दै संसदमा यसको पक्ष र विपक्षमा भोटिङ गर्न उनले प्रस्ताव गरे ।


समिति नबनाउने पक्षमा बहुमत आएमा एमालेले आन्दोलन स्थगन गर्ने उल्लेख गरे । उनले गृहमन्त्रीदेखि सम्बन्धित सबै निकायलाई पनि प्रश्न सोध्नुपर्ने र अनुसन्धान गर्नुपर्ने आवश्यकता भएकाले राजनीतिक तहबाट छानबिन समिति बनाउनु आवश्यक भएको बताए ।

छानबिन समिति नबनाएसम्म एमालेको आन्दोलन जारी रहने उनले स्पष्ट पारे ।  


Author

थप समाचार
x